युक्रेनको राजधानी कीभमा शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले जनाएका छन् ।
रोयटर्सका अनुसार फायरिङ र गोलाबारीको ठूल्ठूलो आवाज सुनिएको हो ।
कीभ र खार्किभलगायत युक्रेनी सहरहरूमा विस्फोटको आवाज सुनिएको समाचारमा उल्लेख छ ।
बीबीसीका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ ।
कीभको बोरिस्पिल एयरपोर्ट नजिकै बन्दुकको आवाज सुनिएको समाचारमा उल्लेख छ ।
बीबीसी युक्रेनले राजधानी कीभ र डोनेट्स्क क्षेत्रको क्रामाटोर्स्कमा ठूलो आवाज सुनेको पुष्टि गरेको छ ।
सामाजिक सञ्जालमा उत्तर-पूर्वी खार्किभ, दक्षिणमा ओडेसा र पूर्वी डोनेट्स्क ओब्लास्ट क्षेत्रमा विस्फोट भएको खबर पनि आएको पनि बीबीसी युक्रेनले जनाएको छ ।