मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

बहुमतको परिणाम दोहोर्‍याउने लक्ष्यसहित यस्तो बन्दैछ एमालेको चुनावी रणनीति


  • 6.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3994
    चैत १, २०७८ मंगलबार
    बहुमतको परिणाम दोहोर्‍याउने लक्ष्यसहित यस्तो बन्दैछ एमालेको चुनावी रणनीति

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ । फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो ।

    एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ । यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ ।

    ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ । अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।

    महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो ।

    बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल भएको बताइएको छ । एमालेले निर्वाचनको रणनीति तय गर्न चैत ७ गते पोलिटब्युरो, ८–९ गते केन्द्रीय कमिटी र १४ गते स्थायी समितिको बैठक बोलाएको छ ।

    एमालेबाट माधव नेपाल नेतृत्वको समूह विभाजन भए पनि माओवादी केन्द्रका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा, मणि थापालगायतका नेता एमालेमै बसेका कारण यस दलका नेता कार्यकर्ताको मनोबल बढेको छ ।

    दलभित्रको ठूलो समूह र प्रभावशाली नेताहरूले बेग्लै पार्टी खोलेका कारण स्थानीय तहको निर्वाचनमा पर्न सक्ने प्रभावलाई ध्यान दिएर एमालेले रणनीति तयार गर्दैछ ।

    पछिल्लो राजनीतिक अवस्थालाई ध्यान दिएर पार्टीले स्थानीय तहमा कार्यकर्तालाई समेत व्यवस्थापन गर्ने तयारी थालेको छ । त्यसका लागि जिल्लाबाटै नेता कार्यकर्ताको व्यवस्थापनसम्बन्धी योजना बनाउने रणनीति एमालेको छ ।

    जिल्ला तहबाट नेता कार्यकर्ताको व्यवस्थापन भए संसदीय निर्वाचनका लागि समेत सहज हुने एमाले नेताहरूको अनुमान छ । यो समाचार नागरिक दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij