मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

मधेस प्रदेश : स्थानीय तहको चुनावमा प्रचार-प्रसारका लागि भारतीय गाडी प्रयोग


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4112
    चैत १५, २०७८ मंगलबार
    मधेस प्रदेश : स्थानीय तहको चुनावमा प्रचार-प्रसारका लागि भारतीय गाडी प्रयोग

    काठमाडौं । वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन् । दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ ।

    स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन् । यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक मात्रामा भारतीय गाडीको प्रयोग गर्दै आएका छन् । यसको फाइदा भारतीय व्यापारीले लिएको स्थानीय यातायात व्यवसायी बताउँछन् । 

    नाकाहरू खुलेपछि भन्सार तिरेर भारतीय निजी सवारी धनीहरूले गाडी नेपाल ल्याउने र यहाँ भाडामा प्रयोग गर्ने गरेका छन् । भारतीय गाडी दिनभरि राख्यो भने ३५ सयदेखि ४ हजार रुपैयाँसम्म भाडा र तेलको दाम तिरे पुग्छ ।

    तर, नेपाली गाडी प्रयोग गर्दा एक दिनको ५ हजारदेखि ६५ सय रुपैयाँसम्म भाडा तिर्नुपर्ने हुँदा सस्तो भाडाको लोभमा विदेशी नम्बर प्लेट प्रयोग गर्नेको संख्या बढेको हो ।

    ‘हामीलाई त साहूले जसकोमा खट्न भन्यो त्यहाँ गएर गाडी चलाउँछौं’, विहारबाट भारतीय गाडी लिएर आएका सवारी चालक मनोजकुमार शर्माले भने, ‘गाडीको भाडाबापत कति लिने हो त्यो कुरा मालिकले नै तय गर्छन् ।’

    यद्यपि चुनावी प्रयोजनका लागि होस् वा घुमघामका लागि आवश्यक कागजात सबै भएका भारतीय सवारी साधनलाई मात्रै नेपाल प्रवेश दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक नवराज न्योपाने बताउँछन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij