काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खकुरी प्रहार भएको छ ।
बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।
नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।