बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

कोरियाले परमाणु हतियारका लागि पावर प्लान्ट पुनः सञ्चालन गर्दै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/532
    भदौ १७, २०७८ बिहीबार
    कोरियाले परमाणु हतियारका लागि पावर प्लान्ट पुनः सञ्चालन गर्दै

    उत्तर कोरियाले प्लुटोनियम (अणु बम बनाउने केमिकल) उत्पादनका लागि पावर प्लान्ट पुन: सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्र संघको परमाणु निगरानीका अनुसार उत्तर कोरियाले परमाणु हतियारहरुका लागि प्लुटोनियम उत्पादन गर्न पावर प्लान्ट पुन: सञ्चालनमा ल्याउन लागेको हो । 

    उत्तर कोरियाले परमाणु हतियारका लागि पावर प्लान्ट पुन: सञ्चालन गरेको ठोस प्रमाण नभेटिएपनि विभिन्न आँकलनअनुसार पावर प्लान्ट सञ्चालनमा रहेको दी इन्टरनेसनल अटोमिक एनर्जी एजेन्सी –आइएईए)ले जनाएको छ । ‘यसबारे ठोस प्रमाण फेला नपरेपनि हामीले संकेत भने पाएका छौँ । स्याटेलाइट तस्बिर र अन्य माध्यमबाट हेर्दा यहि जुलाईदेखि उत्तर कोरियाले परमाणु हतियार उत्पादनका लागि पावर प्लान्ट सञ्चालन गरिरहेको देखिन्छ’ इन्टरनेसनल अटोमिक एनर्जीले सीएनएनसँग भनेको छ । 

    प्योङयाङको न्युक्लियर प्रोग्रामबारे शुक्रबार प्रकाशित एक वार्षिक प्रतिवेदनमा आइएईएले उत्तर कोरिया चिन्ताजनक रहेको र गम्भीर प्रयोजनका लागि परमाणु हतियार उत्पादन गरिहेको उल्लेख गरेको छ । ‘दी डेमोक्रेटिक पिपुल्स रिपब्लीक अफ कोरिया (डिपिआरके)ले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यसले सम्बन्धित निकायलाई भड्काउने स्पष्ट देखिन्छ’ प्रतिवेदनमा भनिएको छ । 

    आइएईएका अनुसार गत फेब्रुअरीदेखि जुलाई पहिलो सातासम्म उत्तर कोरियाले परमाणु हतियार उत्पादन गर्ने न्युक्लियर पावर प्लान्टनजिकै रेडियो ल्याबोरेटोरी पनि सञ्चालन गरेको संकेत फेला परेको छ । पावर प्लान्ट र ल्याब दुवै उत्तर कोरियाको न्युक्लियर कम्प्लेक्स भनेर चिनिने योङब्योनमा अवस्थित छ । 

    यसअघि पनि आइएईए र अन्य विश्लेषकहरुले परमाणु हतियारको लागि न्युक्लियर इन्धनलाई प्लुटोनियममा परिणत गर्न उत्तर कोरियाले अभियान नै सञ्चालन गरेको भन्दै केहि रिपोर्टहरु सार्वजनिक गरेका थिए । दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँगको घनिष्ठ सहयोग र निरन्तर निगरानीमा आफ्नो परमाणु र क्षेप्यास्त्र गतिविधि सञ्चालन गरिरहेको छ ।

    यद्यपि, अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको सम्भावित चुनौती सामना गर्न उत्तर कोरियाले परमाणु हतियार उत्पादनका लागि पावर प्लान्ट पुन: सञ्चालन गर्न आइएईएको रिपोर्टबाट अनुमान गर्न सकिने हतियार विशेषज्ञ एवम् मिडलब्युरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका प्रोफेसर जेफ्री लुइसको भनाई छ । ‘उत्तर कोरियाले यस्ता गतिविधि गर्नु नौलो विषय होइन । तर पछिल्लो समय असामान्य रुपमा परमाणु सम्बन्धि विभिन्न गतिविधिमा सक्रिय देखिन्छ’ उनले भनेका छन् ।

    अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनका अनुसार सन् २०१९ मा उत्तर कोरियाका नेता किम जोङ उनले ट्रम्पसँग परमाणु हतियार उत्पादनसम्बन्धि सम्झौता गरेका थिए । ट्रम्पको समहुले ब्यालिष्टिक मिसाइल र अन्य न्युक्लियर क्षेत्रबारे उत्तर कोरियासँग सम्झौता गर्न खोजेको थियो । तर उक्त सम्झौता किम जोङ उनले अस्वीकार गरेका थिए । त्यस यता अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनको प्रशासनले पटक पटक उत्तर कोरियासँग इमेलमार्फत छलफल गर्न खोजिरहेको छ । तर हालसम्म सो प्रयास सफल हुन सकेको छैन । -सीएनएनबाट

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij