काठमाडैं । ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने जनाएको छ । वर्ल्डलिङ्क फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरु गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट हो ।
यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएससम्मको गतिमा इन्टरनेट उपलब्ध हुने कम्पनीले जनाएको छ । फोटोन स्किममा ग्राहकहरूले मेस वाईफाई प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने जनाइएको छ । यस्तो वाईफाई प्राप्त गर्न नोकियाको बेकन १/१ राउटरहरू प्रयोग गरिनेछ । यसले हाल घरहरूमा भइरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान गर्ने कम्पनीको दाबी छ ।
नयाँ इन्टरनेट सेवा सार्वजनिक गर्दै वर्ल्डलिङ्क कम्युनिकेसन्सका अध्यक्ष दिलीप अग्रवालले भने, "विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सीमामा छौँ र हाम्रो घरमा इन्टरनेट को गति निन्तर बढाउनुपर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रबिधिसँगै एउटा गुणस्तरीय घरेलु नेटवर्किङ गर्नुपर्ने हुन्छ । घरमा भएका विभन्न उपकरणहरू इन्टरनेटसँग जोडिएका हुन्छन् । त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबीपीएस गितको वर्ल्डलिङ्क फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १।१ राउटरको सँगै मेस वाईफाई होम सोलुसन सुरू गरेका छौँ ।
काठमाडौंमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्कलाई अध्यावधिक गरेके पनि उनले बताए । अन्य सहरहरूमा पनि फोटोन सेवा चाँडै नै सुरू गर्ने उनले बताए ।
वर्ल्डलिङ्कले मुलुकका ११ हजार बढी स्थानमा वाईफाई हटस्पट बनाएर सर्वसाधारणलाई निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रोडब्यान्ड टेक्नोलोजी सेवा पुर्याएको जनाएको छ ।