बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

करेन्टको झड्काले एकको मृत्यु, दुईको अवस्था गम्भीर


  • 289
    SHARES
  • https://indrenipost.com/index.php/posts/9538
    साउन १, २०८२ बिहीबार
    करेन्टको झड्काले एकको मृत्यु, दुईको अवस्था गम्भीर

    सर्लाही, १ साउन । लालबन्दी नगरपालिका –१ मा करेन्ट लागेर एक जनाको ब्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका – ७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो । 

    एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हरिवन स्थित नमूना अस्पतालमा मृत्यु भएको हो । 

    उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घाइते भएका छन । उनिहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij