बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

अदालतको फैसलाले प्रसारण लाइन विस्तारको बाटो खुल्यो


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/9534
    असार ३२, २०८२ बुधबार
    अदालतको फैसलाले प्रसारण लाइन विस्तारको बाटो खुल्यो

    सुर्खेत, ३२ असार । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ । 
    मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको छ । 
    आयोजनाको काम ६ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाका प्रमुख रवि चौधरीले जानकारी दिएका छन। साथै वीरेन्द्रनगर नगरपालिका –११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ । 
    हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । ७० करोड लागतको उक्त आयोजनाअन्तर्गत  धमाधम रूख कटान भइरहेको छ । हालसम्म  पाँच हजार रूख काटिएका छ भने अझै पाँच हजार पाँच सय रूख काट्नु पर्नेछ । आयोजना प्रमुख चौधरीका अनुसार एक सय ५६ फाउन्डेसन निर्माण गरिएको छ भने ६ वटा फाउन्डेसन निर्माण गरिने छन् । हालसम्म ४० किलोमिटर तार तानिएको छ । अब १२ किलोमिटर तार मात्र तान्न बाँकी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij