काठमाडौं । एमालेका अध्यक्ष ओली सुदूरपश्चिम र बागमती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् । रावलले असन्तुष्टि जनाइरहँदा पनि ओलीले २ जेठअघिका इन्चार्जका रूपमा उनलाई जिम्मेवारी दिन तयार नभएका हुन् ।
बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादीबाट आएका रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको थिय । त्यहाँ पनि ओलीले शाक्यलाई जिम्मेवारी दिन चाहेका छैनन् । अन्य पाँचवटा प्रदेशमा २ जेठअघिको संरचनाअनुसार पार्टी संगठन सक्रिय भएको छ । सुदूरपश्चिम र बागमतीमा ओलीले पुरानै अवस्थामा नेतृत्व फर्काउन नसकिने बताएका छन् ।
ओली १० बुँदे सहमतिअनुसार पार्टीका सबै संरचनालाई २ जेठ ०७५ अघिको अवस्थामा लैजान तयार भएपछि माधवतिर लागेका १० नेता एमालेमा फर्किउका थिए । जेठ २ अघिको अवस्थामा फर्किएपछि आफू सुदूरपश्चिम इन्चार्ज हुनुपर्ने अडान राललले राखेका छन्। तर ओलीले रावललाई पार्टी उपाध्यक्षका रुपमा समन्वयकारी भूमिका खेल्न भनेका छन् ।
जेठ २ अघिको अवस्थामा फर्काउन लाग्दा माओवादीबाट आएर एमालेमा आएका नेतालाई अन्याय हुने ओलीको अडान छ । ओलीले रावल र शाक्यलाई फकाएर अघि बढ्न अरु नेतालाई पनि भनेका छन् ।