बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

समाचार

नेप्से परिसूचक ओरालोतिर : ४०.२६ अंकले घट्यो, ५ अर्ब ३५ करोड बराबरको शेयर खरीद-बिक्रि


  • 2.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/677
    भदौ ३०, २०७८ बुधबार
    नेप्से परिसूचक ओरालोतिर : ४०.२६ अंकले घट्यो, ५ अर्ब ३५ करोड बराबरको शेयर खरीद-बिक्रि

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४० दशमलव २६ अंक अर्थात् १ दशमलव ३७ प्रतिशत घटेको छ । 

    यो दिन परिसूचक २ हजार ८८९ दशमलव शून्य ३ विन्दुमा झरेको हो । कारोबारमा आएका २२२ ओटा कम्पनीको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयरको ७५ हजार ८९५ पटकमा रू. ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० बराबरको शेयर खरीदविक्री भएको छ ।

    कारोबारमा आएका १३ ओटा समूहको परिसूचक घटेसँगै समग्र नेप्से घटेको हो । यो दिन सबैभन्दा बढी वित्त समूहको परिसूचक २ दशमलव ९८ प्रतिशतले घटेको हो । 

    त्यसैगरी बैंकिङ् समूहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशत,व्यापार समूहको परिसूचक शून्य दशमलव ८ प्रतिशत,होटल एण्ड टुरिजमको परिसूचक २ दशमलव २४ प्रतिशत ,विकास बैंक समूहको २ दशमलव ११ प्रतिशत,हाइड्रोपावर समूहको परिसूचक २ दशमलव ११ प्रतिशतले घटेको छ ।

    त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ०५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव शून्य ८ प्रतिशत,अन्य समूहको १ दशमलव १३ प्रशित,माइक्रोफाइनान्स समूहको शून्य दशमलव ९५ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव शून्य ७ प्रतिशत,म्युचुअल फण्डको शून्य दशमलव २८ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ८४ प्रतिशतले घटेको छ । 

    कारोबारमा आएका २२२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ८ दशमलव २३ प्रतिशत बढेको छ । यो दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८१८ दशमलव १० पुगेको छ । त्यसैगरी दोस्रोमा कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ६७ प्रतिशत बढेर रू. १ हजार ४० पुगेको छ ।

    त्यस्तै सबैभन्दा बढी शेयरमूल्य घट्नेमा एनआइबिएल समृद्धि फण्ड १ रहेको छ । उक्त योजनाको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ८८ प्रतिशत घटेको छ । योजनाको इकाई मूल्य प्रतिइकाई रू. १२ दशमलव शून्य ५ कायम भएको हो । 

    बुधवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २२ करोड १४ लाख ७० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६७५ दशमलव ३० कायम भएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij