मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपात : चिसोले ६ लाख ६७ हजार पशु मरे


  • 802
    SHARES
  • https://indrenipost.com/index.php/posts/6787
    फागुन ८, २०८० मंगलबार
    मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपात : चिसोले ६ लाख ६७ हजार पशु मरे

    यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ । जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ ।

    यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ । मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात भएको छ ।

    बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ । देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमबारसम्म मङ्गोलियामा अत्यधिक चिसो मौसमका कारण हुने पशुको मृत्युको सङ्ख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ ।

    मङ्गोलिया संसारको नोमाडिक देशहरूको मध्ये एक हो यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij