मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

अपडेट- मध्य गाजामा इजरायली आक्रमण : ४० जनाको मृत्यु, १०० घाइते


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/6846
    फागुन ११, २०८० शुक्रबार
    अपडेट- मध्य गाजामा इजरायली आक्रमण : ४० जनाको मृत्यु, १०० घाइते

    काठमाडौं । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

    प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार, इजरायली विमानहरूमार्फत देइर अल–बालाह सहरका धेरै आवासीय घरहरूमा आक्रमण गरिएको थियो ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितको शव अल–अक्सा सहिद अस्पतालमा सारिएको जनाएको छ ।

    इजरायली आक्रमणले गम्भीर रूपमा क्षतिग्रस्त बनाएपछि एम्बुलेन्सहरू र नागरिक रक्षा टोली मानिसलाई बचाउन हमला भएको ठाउँमा पुगेका थिए ।

    अल–अक्सा सहिद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसले भरिएको चिकित्सा स्रोतको भनाइ छ । -सिन्ह्वा/न्युज एजेन्सी नेपाल

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij