काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैछ ।
सो अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो ।
संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन भ्रमणको समिक्षा गरिने भएको छ ।