आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

उपनिर्वाचन

इलाम-२ र बझाङ-१ को उपनिर्वाचनका लागि मिति तोक्ने तयारीमा निर्वाचन आयोग


  • 307
    SHARES
  • https://indrenipost.com/index.php/posts/6892
    फागुन १३, २०८० आइतबार
    इलाम-२ र बझाङ-१ को उपनिर्वाचनका लागि मिति तोक्ने तयारीमा निर्वाचन आयोग

    काठमाडौं । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ ।

    त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । बैठकले वैशाख १४ गते पछाडि र २० गते अगाडिको मिति तोक्ने तयारी गरेको छ ।

    इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले सो पद रिक्त छ ।

    यसैगरी बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो ।

    स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्छ भने प्रदेश र प्रतिनिधि सभाको उपनिर्वाचनको मिति सरकारसँग परामर्श गरेर निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचनको विषयमा सरकारसँग परामर्श गरिसकेको र सोहीअनुसार आजको बैठकबाट निर्णय गर्न लागिएको जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij