काठमाडौं । अमेरिकी सेनाका एक उच्च अधिकारी नेपाल भ्रमणमा आएका छन् ।
पाँचखालमा जारी शान्ति प्रयासको चौथो शृङ्खलामा भाग लिने क्रममा अमेरिकी इन्डो–प्यासिफिक कमान्डका प्रमुख एडमिरल जोन एक्युलिनोल काठमाडौं आएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार पाँचखालमा यही फागुन ८ देखि सुरु भएको शान्ति प्रयासको चौथो चरणको अवलोकनका लागि उनी नेपाल आएका हुन ।
उनी आइतबार १९ देशका एक हजार १ सय सैनिकको सहभागिता रहेको सो प्रयास यही फागुन २१ गते सम्पन्न हुनेछ ।
नेपाल र अमेरिकी सेनाको संयुक्त प्रयासमा सो अभ्यास हुँदै आएको छ । अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभ र नेपाली सेनाले शान्ति प्रयास सञ्चालन गर्दै आएका छन् ।
अमेरिकी इन्डो–प्यासिफिक कमान्डका प्रमुखले काठमाडौंमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खडका, प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदस्थहरूसँग भेट गर्ने कार्यक्रम छ ।
उनी भारतको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन् ।