काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक पेरिसडाँडामा बसिरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि माओवादी स्थायी समिति बैठक बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्मलाई सरेको थियो ।
यस्तोमा स्थायी समिति बस्नुअघि प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरिरहेका छन् ।
पदाधिकारीसँग संवादपछि अब स्थायी समिति बैठक बस्दैछ । यो बैठकमा अध्यक्ष दाहालले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ ।
बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्यांकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतमा छलफल हुनेछ ।