आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी सम्भावित कार्यसूचीमा हुँदैछ छलफल [कार्यसूचीसहित]


  • 343
    SHARES
  • https://indrenipost.com/index.php/posts/6908
    फागुन १४, २०८० सोमबार
    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी सम्भावित कार्यसूचीमा हुँदैछ छलफल [कार्यसूचीसहित]

    संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।

    प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक ११:०१ बजे शुरू हुने संसद् सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभामा सरकारले प्रि-बजेट छलफलका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दैछ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्‌मा पेस हुन लागेको हो ।

    बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधयेक टेबुल गरिनेछ ।

    साथै, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पति भएको विद्युत व्यापार विकेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यस्तै, राष्टियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

    rr_L7NUXOwMt6.jpeg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij