आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

जसपाको महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेज मस्यौदा समिति गठन, विभागीय जिम्मेवारी बाँडफाँट


  • 262
    SHARES
  • https://indrenipost.com/index.php/posts/6918
    फागुन १४, २०८० सोमबार
    जसपाको महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेज मस्यौदा समिति गठन, विभागीय जिम्मेवारी बाँडफाँट

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ ।

    पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको हो ।

    त्यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन भएको छ ।

    आसन्न महाधिवेशनको लागि आर्थिक स्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा ६ सदस्यीय आर्थिक स्रोत व्यवस्थापन समिति गठन भएको छ ।

    यसैगरी पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभागहरु र धारा ९९ अनुसारका पार्टी संयन्त्रहरु गठन, पुनर्गठन, अध्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको जसपाले जनाएको छ ।

    पार्टीले मातहत समितिलाई निर्णय कार्यान्वयन गर्न/गराउन आइतबार परिपत्र समेत जारी गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij