आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

प्रतिपक्षी दलको विरोधपछि संसद् बैठक १५ मिनेट स्थगित पश्चात् पुनः सुरू


  • 343
    SHARES
  • https://indrenipost.com/index.php/posts/6922
    फागुन १४, २०८० सोमबार
    प्रतिपक्षी दलको विरोधपछि संसद् बैठक १५ मिनेट स्थगित पश्चात् पुनः सुरू

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेकपा (एमाले) का सांसदहरुले विभिन्न माग राखी नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियोे ।

    एमाले सांसदहरुले सरकारले मिटरब्याज पीडित तथा दूग्ध किसानका समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउँदै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

    बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल एमालेलगायत अन्य विपक्षी दलका सांसदहरु आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटालाई बोल्न समय दिएका थिए ।

    सांसद बाँस्कोटाले विपक्षी दलले सदनमा उठाएका समसामयिक विषयमा सरकार गम्भीर नभएको, सभामुखले रुलिङ गर्दा समेत सरकारले कुनै जवाफ नदिएको टिप्पणी गरे ।

    उनले मिटरब्याज पीडित न्यायका लागि काठमाडौं आउनुपरेको अवस्थामा सरकारले वेवास्ता गरेको, दूधको मूल्य नपाएर किसानले दूध बाटोमा पोख्नुपरेको अवस्थामा समाधानमा कुनै पहल नगरेको आरोप लगाए ।

    सांसद बाँस्कोटाले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विवादित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

    बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडित जनताले न्याय नपाएको, दुग्ध किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको र लघुवित्त पीडितले न्याय नपाएको उल्लेख गर्दै समस्या समाधानमा ठोस सम्बोधन नभए बैठक अवरोध गर्ने चेतावनी दिए । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सभामुखबाट स्पष्ट रुलिङ गरेपछि सम्बन्धित मन्त्रीले जवाफ किन नदिएको भनी प्रश्न गरे ।

    उनले मिटर ब्याज पीडितका समस्या सम्बोधनका लागि कानुन बनेपछि सरकारले कार्यान्वयन गर्न नसक्दा उनीहरुले न्याय नपाएको बताए ।

    बैठकमा एमालेका सांसद आसनबाट उभिएपछि सभा सञ्चालनका लागि सभामुखले पटकपटक आग्रह गर्दा पनि नबसेपछि बैठक स्थगित गरिएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij