काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल एमालेले उठाएका मागको सम्बोधन १८ फागुनमा गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री प्रचण्डले हाम्रो माग १८ फागुनमा सम्बोधन गर्ने सहमति भयो,’ एमाले सचेतक महेश बर्तौलाले भने ।
योसँगै आजै १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक बस्नेछ ।
एमालेले विवादित मन्त्रीको राजीनामा, दूध किसानको भुक्तानी र मिटरब्याज पीडितको माग सम्बोधन गर्नुपर्ने माग राखेर संसदको अवरोध गर्दै आएको छ ।
गत ५ फागुनदेखि एमालेले लगातर यी विषय संसदमा उठाउँदै आएको छ ।