आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राजनीति

चैत २४ गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आह्वान


  • 298
    SHARES
  • https://indrenipost.com/index.php/posts/6930
    फागुन १४, २०८० सोमबार
    चैत २४ गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आह्वान

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते गर्ने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि आयोगले सोमबार कार्यतालिका स्वीकृत गरेको हो ।

    स्वीकृत निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

    उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगका उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले जानकारी दिए ।

    चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ ।

    निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ। चैत २८ गतेदेखि २०८१ वैशाख १२ गते सम्म प्रचारप्रसारको अवधि रहनेछ ।

    २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij