बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

मोदीको जन्मदिन भाजपाले २० दिनसम्म मनाउने

  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/711
    असोज १, २०७८ शुक्रबार
    मोदीको जन्मदिन भाजपाले २० दिनसम्म मनाउने

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ । आज (शुक्रबार) मोदीको ७१ औं जन्मदिन हो । बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।  उनको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ । त्यका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ ।

    २० वर्षअघि मोदीले पहिलो पटक अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री सम्हालेका थिए । उनको जन्मदिन र पहिलो पटक मुख्यमन्त्री भएको दिनसम्म भाजपाले विभिन्न कार्यक्रम गर्न लागेको हो । मोदीको जन्मदिनका अवसरमा जिल्लास्तरमा पार्टी कार्यकर्ताले रक्तदान गर्ने, मोदीको जीवनी प्रदर्शन गर्ने लगायत कार्यक्रम गरिनेछन् ।

    उनको जन्मदिनको अवसरमा वाराणसीको भारत माला मन्दिरमा ७१ हजार दीयो जलाउने,  धन्यवाद मोदीजी लेखिएका १४ करोड  रासन झोला बाँड्नेलगायत कार्यक्रम पनि गरिनेछन् । मोदी सन् २०१४ मा भारतका प्रधानमन्त्री बनेका थिए ।

    उनको हिन्दुवादी भाजपाले केन्द्रीय सत्ता चलाउँदा मुस्लिमलगायत अल्पसंख्यकमाथि दमन बढेको, प्रजातान्त्रिक संस्थाहरू धरासायी भएको र पछिल्लो समय कोरोना महामारीको नियन्त्रणमा उनको सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर आलोचना हुने गरेको छ ।  

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij