मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

समाचार

कांग्रेस कोटाबाट बनेका प्रदेश प्रमुखलाई हटाउने मन्त्रिपरिषद्को निर्णय


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/7233
    फागुन २८, २०८० सोमबार
    कांग्रेस कोटाबाट बनेका प्रदेश प्रमुखलाई हटाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश, मधेस र सुदूरपश्चिमको प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए ।

    रिक्त पदमा मधेस प्रमुखका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियालाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij