बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राजनीति

संसद् बैठकमा छलफल गर्नुभन्दा एलिना चौहानको गीत बजाऔँ : सिके रावत


  • 622
    SHARES
  • https://indrenipost.com/index.php/posts/7273
    फागुन ३०, २०८० बुधबार
    संसद् बैठकमा छलफल गर्नुभन्दा एलिना चौहानको गीत बजाऔँ : सिके रावत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफल गर्नुको अर्थ नभएको बताए ।

    बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले नेपालको राजनीतिमा धोकाको शृङ्खला चलिरहेको बताए ।

    विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलमा घण्टौं समय बिताउनुभन्दा गायिका एलिना चौहानले गाएको ‘धोकेबाज हौ तिमी’ भन्ने गीत बजाइदिए पुग्ने राउतले बताए ।

    ‘प्रधानमन्त्रीले विश्वासको मत माग्दाखेरि त्यसमा मत दिने कि नदिने विषयमा यहाँ जम्मा भएका छौं । सोही क्रममा हामीले सबै दलका कुरा सुन्यौं, घण्टौंसम्म कुरा सुन्दाखेरि लाग्छ, बरु एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो, लामो फेहरिस्त दिनै पर्दैनथ्यो’, उनले भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij