बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

समाचार

प्रधानमन्त्रीले पाए विश्वासको मत : पक्षमा १५७, विपक्षमा ११०


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/7274
    फागुन ३०, २०८० बुधबार
    प्रधानमन्त्रीले पाए विश्वासको मत : पक्षमा १५७, विपक्षमा ११०

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् ।

    १५ महिनामा उनले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन् ।

    बुधबार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए ।

    उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत प¥यो । एक सांसद तटस्थ रहे ।

    बैठकमा १६८ सांसद उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरूले मत दिएका थिए ।

    विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा रहे । विश्वासको मतको विपक्षमा .. सांसदले मतदान गरे ।

    कुल २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । प्रधानमन्त्रीका पक्षमा १५७ सांसदले मतदान गरे ।

    उनी ०७९ पुस १० गतेदेखि गठबन्धन फेर्दै प्रधानमन्त्री छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij