बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राष्ट्रिय सभा बैठक

वामदेव गौतमको माग : राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउनुपर्छ


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/7275
    फागुन ३०, २०८० बुधबार
    वामदेव गौतमको माग : राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउनुपर्छ

    काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् ।

    बुधबारको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखे ।

    उनले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताए ।

    उनले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुखबाहेक अरू कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रियसभा सदस्यहरुको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए ।

    उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधिसभालाई नभई संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताए ।

    उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताए। उनले संघीय संसदमा संयुक्त बैठकहरुको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

    उनले राष्ट्रपतिको निर्वाचन संघीय संसदको संयुक्त बैठकले गर्नुपर्ने बताए । उनले भने, ‘मैले भन्नैपर्छ, प्रतिनिधिसभा नियमावलीबमोजिम चलेन ।

    धेरै त्यस्ता प्रमाणहरु छन्, प्रतिनिधिसभामा जहाँ सभामुखले नियमअनुसार कारबाही गरेको पनि पाइएन, भद्रगोल भयो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij