बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राजनीति

लघुवित्त वित्तीय संस्थापीडित र सरकारबीच आज पुनः वार्ता


  • 235
    SHARES
  • https://indrenipost.com/index.php/posts/7287
    चैत २, २०८० शुक्रबार
    लघुवित्त वित्तीय संस्थापीडित र सरकारबीच आज पुनः वार्ता

    काठमाडौं । लघुवित्त वित्तीय संस्था पीडितसँग सरकारले शुक्रबार पनि वार्ता गर्दैछ ।

    बिहीबारको छलफल सकारात्मक भएको र शुक्रबारको वार्ताले निष्कर्ष निकाल्ने अर्थ मन्त्रालयले जनाएको छ ।

    बिहीबार साँझ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितसँग छलफल गरेको थियो ।

    पीडितका माग सम्बोधनका लागि राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवै पक्ष सहमतिनजिक पुगेको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ ।

    समितिले बिहीबार नै सहमतिका लागि प्रयास गरे पनि लघुवित्त पीडितले शुक्रबारसम्मको समय मागेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij