बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

संसद् बैठक

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची [कार्यसूचीसहित]


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/7288
    चैत २, २०८० शुक्रबार
    संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची [कार्यसूचीसहित]

    काठमाडौं । संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्न लागिएको हो ।

    संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

    बैठकमा प्रतिनिधिसभाबाट उत्पति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

    त्यस्तै, राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    त्यसैगरी दुवै सदनमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

    pratinidhisava-baithak-karyasuchi-1710464656.jpeg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij