बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राजनीति

माओवादीद्वारा विधानलाई पूर्णता प्रदान


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/7291
    चैत २, २०८० शुक्रबार
    माओवादीद्वारा विधानलाई पूर्णता प्रदान

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो । माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो ।

    बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएको माओवादी स्थायी समिति सदस्य नारायण दाहालले पार्टीबाट दिएको राजीनामा स्वीकृत गरेको उनले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij