बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी, सुन तस्करीबारे गम्भीर छलफल हुँदै


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/7292
    चैत २, २०८० शुक्रबार
    मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी, सुन तस्करीबारे गम्भीर छलफल हुँदै

    काठमाडौं । आकस्मिकरुपमा बोलाइएको मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा जारी छ । बैठक सुन तस्करी प्रकरणका विषयमा छलफल गर्न आकस्मिकरुपमा बोलाइएको हो ।

    उक्त बैठकले आज सिआइबीका प्रमुख किरण बज्राचार्यलाई हटाउने तयारी गरेको बुझिएको छ । उनको स्थानमा एआइजी श्यामलाल ज्ञवालीलाई पठाउने तयारी भएको बताइएको छ ।

    आज मात्रै गृहमन्त्री रवि लामिछानेले सुन तस्करीका विषयमा आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।

    प्रतिवेदन बुझेलगत्तै सो विषयमा निर्णय गर्न प्रधानमन्त्री दाहालले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij