बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

नेसपा विभाजन

महिन्द्र राय यादव नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा [प्रेसनोटसहित]


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/7299
    चैत ३, २०८० शनिबार
    महिन्द्र राय यादव नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा [प्रेसनोटसहित]

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई छोडेर महिन्द्र राय यादव नेतृत्वको समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेको छ । ने

    पाल समाजवादी पार्टीसँग प्रतिनिधिसभामा दुई सांसद छन् । शनिबार दुवै पार्टीका नेता सम्मिलित एकता संयोजन समिति बैठकले पार्टी एकताको घोषणा गरेको छ ।

    नेपाल समाजवादी पार्टीका तर्फबाट महासचिव रमेशप्रसाद यादव र माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरुङको हस्ताक्षर रहेको प्रेस नोटअनुसार, एकताका लागि ४ बुँदे सहमति भएको छ ।

    पार्टीको नाम आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय भएको प्रेस वक्तव्यमा उल्लेख छ ।

    पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न संयुक्त कार्यदल पनि गठन गरिएको छ, जसमा माओवादीबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव यादव छन् ।

    050115575DEV GURUNG.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij