बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

समाचार

सत्ता गठबन्धनको कार्यदलले सरकारलाई बुझायो साझा न्यूनतम कार्यक्रम


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/7301
    चैत ३, २०८० शनिबार
    सत्ता गठबन्धनको कार्यदलले सरकारलाई बुझायो साझा न्यूनतम कार्यक्रम

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम गठबन्धनका शीर्ष नेताहरूलाई बुझाइएको छ ।

    शनिबार बालुवाटारमा कार्यदलका सदस्यहरूले नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएका हुन् । सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेता कार्यदलमा छन् ।

    जसमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् । नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल रहेका छन् । जनता समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन रहेका छन् ।

    नेकपा (एकीकृत समाजवादी)बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij