बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

संसद् बैठक

प्रतिपक्षी कांग्रेसको टार्गेट- गृहमन्त्रीको राजीनामा, अन्यथा संसद्‌ अवरोध कायमै राख्ने


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/7304
    चैत ४, २०८० आइतबार
    प्रतिपक्षी कांग्रेसको टार्गेट- गृहमन्त्रीको राजीनामा, अन्यथा संसद्‌ अवरोध कायमै राख्ने

    काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बैठक बस्ने छ ।

    अस्ति शुक्रबारको बैठकमा कांग्रेस सांसदहरूले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले ४ चैतसम्मका लागि बैठक स्थगित गरेका थिए ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेले समय दिन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

    सहकारी ठगी प्रकरणमा नाम जोडिएकाले गृहमन्त्रीमा लामिछानेको बहाली अस्वाभाविक भएको भन्दै उनीहरूले प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएसम्म संसदमा अवरोध कायम राख्ने बताएका छन् ।  

    प्रधानमन्त्री प्रचण्ड पोखरामा छन् । बिहानभरि उनी पोखरामै व्यस्त रहने कार्यतालिका छ । यता, कांग्रेसले आज पनि संसदमा अवरोध गर्ने तयारी गरेको छ ।

    सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्रीले प्रस्टीकरण नदिएसम्म कांग्रेसले जवाफ मागिरहने बताए ।

    अचानक आफूसहितको गठबन्धन भत्काएर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेसहितको गठबन्धन बनाएर सत्ता बदलेपछि कांग्रेस रुष्ट छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij