बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

नेसपा कार्यकारिणी समितिको आकस्मिक बैठक बस्दै


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/7305
    चैत ४, २०८० आइतबार
    नेसपा कार्यकारिणी समितिको आकस्मिक बैठक बस्दै

    काठमाडौं । बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैछ ।  

    महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा (माओवादी केन्द्र)मा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराइले आकस्मिक बैठक बोलाएका हुन् ।  

    जसअनुसार आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ ।

    महेन्द्रराय यादव पक्षधर नेताहरुले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए ।

    मुलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ । शनिवार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितितमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुदेँ सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए ।  

    अध्यक्ष भट्टराइले यादव र श्रेष्ठले गरेको सो सहमतिमा पार्टीको कुनै पनि निर्णय बिना भएको भन्दै आजको बैठकबाट दुवैजनालाई कारबाही गर्ने बुझिएको छ ।

    पार्टी अध्यक्षलाई नै बाइपास गरेर एकता गर्ने सहमति गरेपछि भट्टराई क्रुध बनेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij