वीरगञ्ज । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजोदेखि वीरगञ्जमा सुरु भएको केन्द्रीय कमिटीको बैठक विरगञ्जको क्लासिक व्याङ्क्विटमा जारी रहेको छ ।
सो पार्टीका प्रवक्ता डा.शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक विषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भुमिकाका विषयमा ब्रिफिङ गरेका छन् ।
जारी बैठकले पार्टीको आगामी कार्य नीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रबारे पनि छलफल गरिरहेको छ ।
बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरुको सहभागी रहेका छन् ।