बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राजनीति

माओवादीसँग एकताको पक्षमा उभिएका नेताहरूलाई कारबाही गर्ने तयारीमा नेसपा


  • 676
    SHARES
  • https://indrenipost.com/index.php/posts/7310
    चैत ४, २०८० आइतबार
    माओवादीसँग एकताको पक्षमा उभिएका नेताहरूलाई कारबाही गर्ने तयारीमा नेसपा

    नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ ।

    आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका पार्टीका अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने विषयमा छलफल भएको हो ।

    नेसपाका प्रवक्ता कृष्ण शर्माले नेताहरूले पार्टीको विधि, पद्धति र संगठनात्मक पद्धतिलाई छलेर माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको भन्दै जिम्मेवारीबाट मुक्त गर्न लागिएको बताए ।

    उनले भोलि(सोमबार) बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले आवश्यक निर्णय गर्ने बताए ।

    केन्द्रीय कार्यकारिणी समिति बैठकले भने ति नेताहरूलाई जिम्मेवारीमुक्त गर्ने एजेण्डा भोलि बस्ने केन्द्रीय समितिको बैठकमा लैजानेगरी पारित गरेको उनले जानकारी दिए ।

    त्यस्तै अग्रगामी राजनीतिक शक्तिहरूसँग एकता र ध्रुविकरणको प्रक्रिया भने जारी रहने उनले बताए । बैठकले पार्टीको महाधिवेशन गर्ने र संगठनलाई सुदृढ गर्ने विषयमा पनि छलफल गरेको उनले बताए ।

    उनले आगामी महाधिवेशन गर्दा प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिने पनि बताए । उनले पार्टी संगठनलाई सुदृढ गर्ने सन्दर्भमा केन्द्रीय समिति बैठकले कार्ययोजना तय गर्ने जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij