बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

नेसपा विभाजन

महिन्द्रराय र उमरावती माओवादीकै सांसदका रूपमा रहन्छन् : संसद् सचिवालय

  • 676
    SHARES
  • https://indrenipost.com/index.php/posts/7311
    चैत ४, २०८० आइतबार
    महिन्द्रराय र उमरावती माओवादीकै सांसदका रूपमा रहन्छन् : संसद् सचिवालय

    काठमाडौं । संघीय संसद सचिवालयले बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीलाई सो पार्टीका अर्का अध्यक्ष एवम् सांसद महिन्द्र राय यादव र समानुपातिक तर्फबाट निर्वाचित सांसद उमरावती देवी नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य रहेको पत्र पठाएको छ ।

    संसद सचिवालयका उपसचिव रामहरी थापाले फागुन २७ गते पठाएको पत्रमा उनीहरूलाई समाजवादी पार्टीको सांसदका रूपमा अभिलेख कायम गर्न नसकिने उल्लेख छ ।

    समाजवादी पार्टीले यादव र देवीलाई आफ्नो दलको सांसदका रूपमा अभिलेख कायम गरिदिन २०८० माघ २८ गते पत्र लेखेको थियो ।

    पत्रको एक महिनापछि जवाफ पठाउँदै संसद सचिवालयले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ को उपदफा ३ बमोजिम नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य नै रहेको जनाएको हो ।

    राजनीतिक दल सम्बन्धी ऐनको उक्त दफामा एकल चुनाव चिन्ह लिई दुईभन्दा बढी दलले निर्वाचनमा भाग लिएमा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुने र अन्य सांसदहरू सोही संसदीय दलको सांसद हुने व्यवस्था छ ।

    बाबुराम भट्टराई नेतृत्वको पार्टीले नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा चिन्हबाट निर्वाचनमा भाग लिएको थियो ।

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij