बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

संसद् बैंकक बस्दै, प्रतिपक्षी कांग्रेसले अवरोध गर्ला ?


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/7316
    चैत ५, २०८० सोमबार
    संसद् बैंकक बस्दै, प्रतिपक्षी कांग्रेसले अवरोध गर्ला ?

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने र आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

    हिजो बैठकका लागि यी दुई विषय कार्यसूचीमा राखिए पनि सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यसूचीमा प्रवेश नगरी आजसम्मका लागि स्थगित भएको थियो ।

    तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्ने सम्भावना कम छ ।

    यद्यपि कांग्रेसले संसदमा अवरोध गर्ने आफ्नो चाहना नभएको बताएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गर्दै केही दिनयता निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

    तर, आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने नरोक्ने कांग्रेसको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij