मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

अपडेट : रुसद्वारा किएभमा ३१ क्षेप्यास्त्र प्रहार, १३ जना घाइते


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/7338
    चैत ९, २०८० शुक्रबार
    अपडेट : रुसद्वारा किएभमा ३१ क्षेप्यास्त्र प्रहार, १३ जना घाइते

    रुसले ४४ दिनपछि युक्रेनको राजधानी किएभमा बिहीबार बिहान ३१ ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको अधिकारीहरूले बताएका छन् । वायु सेनाले मिसाइलहरू खसाए पनि घटनामा एक बालिकासहित १३ जना घाइते भएका छन् ।

    “विभिन्न दिशाबाट एकै समयमा क्षेप्यास्त्रहरू आइरहेका थिए, किएभका बासिन्दाहरू बिहान ५ बजेतिर ठूलो विस्फोटका कारण ब्युँझिएका थिए”, किएभ सहरका प्रशासन प्रमुख सेर्ही पोप्कोले भने ।

    रुसले राजधानीमा दुई ब्यालिस्टिक र २९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ । किएभसँग देशका अधिकांश क्षेत्रमाभन्दा राम्रो वायु सुरक्षा छ ।

    मिसाइल अवरोध दर बारम्बार उच्च छ, युद्धको प्रारम्भिक दिनहरूको तुलनामा राजधानीमा रुसी आक्रमणहरू उल्लेखनीयरूपमा कम गर्न सफल भए पनि रुसको आक्रमणमाथि विजय हासिल गर्न उनीहरूलाई थप पश्चिमी हतियार आवश्यक रहेको युक्रेनी अधिकारीहरूले चेतावनी दिएका छन् ।

    सहरी प्रशासनका अनुसार आक्रमणमा परेका एक ११ वर्षिया बालिका र एक ३८ वर्षिय पुरुषलाई अस्पताल भर्ना गरिएको छ । आठ जनालाई सामान्य चोटपटक लागेको मेयर भटाली क्लिट्स्कोले बताए ।

    युक्रेन आपत्कालीन सेवाले करिब ८० जनालाई सुरक्षाका लागि आफ्नो घरबाट निकालिएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका शीर्ष विदेश नीति सल्लाहकार ज्याक सुलिभानको किएभ भ्रमणको केही घण्टापछि यो आक्रमण भएको थियो ।

    युक्रेनको सीमा नजिकै रहेको रुसको बेल्गोरोड क्षेत्रमा युक्रेनले बारम्बार गरेको हवाई हमलाको परिणामस्वरूप भएको हो । “बेल्गोरोड क्षेत्रमा बिहीबार भएको पछिल्लो आक्रमणमा पाँच जना घाइते भएका थिए, आक्रमणमा घरहरू र खेलकुद रङ्गशालामा क्षति प्र्‍याको छ” गभर्नर व्याचेस्लाभ ग्लाडकोभले भने ।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आक्रमणको ‘जवाफमा जवाफ दिने’ धम्की दिएका थिए । “रुसले नागरिक पूर्वाधार र यस प्रकारका अन्य सबै वस्तुहरूमा शत्रुले आक्रमण गरेजस्तै प्रतिक्रिया दिन सक्छ, यस विषयमा हाम्रा आफ्नै विचार र योजनाहरु छन् । हामीले रेखाङ्कित गरेको कुराको हामी पालना गर्छौं”, क्रेमलिनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पुटिनले भने ।

    युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले क्षेप्यास्त्र हमला सामान्य भएका क्षेत्रहरूमा वितरण गर्नका लागि देशका पश्चिमी साझेदारहरूलाई थप वायु रक्षा प्रणाली पठाउन आग्रह गरेका छन् ।

    “हरेक दिन र हरेक रात आक्रमण हुन्छ, विश्व एकता हामीलाई थप वायु प्रणालीहरु पठाएर यसलाई रोक्नमा मद्दत गर्न सक्षम छ”, किएभमा बिहीबार भएको आक्रमणपछि राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममा भने ।

    युरोपेली सङ्घका नेताहरूले बिहीबार ब्रसेल्समा आयोजित शिखर सम्मेलनमा युक्रेनका लागि हतियार र गोलाबारुद उत्पादन बढाउन मद्दत गर्ने नयाँ तरिकाहरूबारे विचार गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij