मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

मोजाम्बिकको उत्तरी तटमा डुंगा दुर्घटना हुँदा ९० जनाको मृत्यु, १३ जना बेपत्ता


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7563
    चैत २६, २०८० सोमबार
    मोजाम्बिकको उत्तरी तटमा डुंगा दुर्घटना हुँदा ९० जनाको मृत्यु, १३ जना बेपत्ता

    मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको छ । डुंगामा सवार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ ।

    नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणको डुंगा दुर्घटनामा मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन् ।

    यात्रु बोक्न योग्य नरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान गरिएको छ । सामाजिक संजालमा पोष्ट गरिएको अप्रमाणित भिडियोमा समुद्री तटमा दर्जनौ शवहरु लडिरहेको अवस्थामा देखिन्छ ।

    डुङ्गा लुङ्गाबाट नामपुला प्रान्तको तटमा रहेको मोजाम्बिक आइल्याण्डतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो । गत वर्षको जनवरीदेखि दक्षिणी अफ्रिकाका धेरै देशहरूमा फैलिएको हैजाको प्रकोपबाट नामपुला प्रान्त सबैभन्दा बढी प्रभावित छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij