मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

अमेरिकी प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै टिकटक अदालत जाने


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/7799
    बैशाख १३, २०८१ बिहीबार
    अमेरिकी प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै टिकटक अदालत जाने

    टिकटकले आफू विरुद्ध अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै त्यसको विरुद्धमा अदालतमा जाने बताएको छ ।

    अमेरिकी संसदका दुवै सदनले टिकटक कि बेच्नुपर्ने कि अमेरिकामा रोक लगाउने व्यहोरामा विधेयक पास गरेका थिए ।

    त्यसमा राष्ट्रपति जो वाइडेनले बुधबार हस्ताक्षर गरेर कानुन बनिसकेको छ । सो प्रक्रिया पूरा गर्न अमेरिकाले टिकटकलाई ९ महिनाको समय दिने जनाइएको छ ।

    टिकटकले जारी गरेको वक्तव्यमा आफूमाथि कुनै पनि वैदेशिक प्रभाव नरहेको र टिकटकका डेटा सुरक्षित गर्नका लागि ठूलो परिमाणको रकम खर्च गरिएको जनाएको छ ।

    सो बन्दले १७० मिलियन अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन हुने समेत टिकटकले जनाएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij