काठमाडौं । वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
उनले २८ बलमा ५२ रन बनाएका हुन् । यसअघि टस हारेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिज ए ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।
वेष्टइण्डिज 'ए'ले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए ।