मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

राजनीति

प्रधानमन्त्री देउवा निवासमा काँग्रेस नेतृत्वको बैठक बस्दै


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/787
    असोज ६, २०७८ बुधबार
    प्रधानमन्त्री देउवा निवासमा काँग्रेस नेतृत्वको बैठक बस्दै

    काठमाडौं ।  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टीको १४ औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको काँग्रेसले जनाएको छ ।

    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने देउवाका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।

    मंगलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा.नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ । यसैगरी काँग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि बैठकले आवश्यक निर्णय गर्ने एक नेताले जानकारी दिए ।

    प्रदेश नम्बर २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लामा काँग्रेसको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन सकेको छैन । ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिकासमेत प्रभावित भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij