मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

‘गिरिबन्धु टि स्टेटमा ओलीको बदमासी पर्दाफास गरेरै छाड्छु’


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8022
    पुष १६, २०८१ मंगलबार
    ‘गिरिबन्धु टि स्टेटमा ओलीको बदमासी पर्दाफास गरेरै छाड्छु’

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अनुसन्धान गर्न थाल्नासाथ आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप लगाएका छन्।

    सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्। 

    उनले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै र नक्कली भूटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै आफ्नो सरकार ढालेको आरोप लगाए। 

    उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको आरोपसमेत गरे। उनले गिरिबन्धु टि स्टेटमा प्रधानमन्त्री ओलीले बदमासी गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीको बदमासी पर्दाफास गरेरै छाड्ने घोषणा गरे। 

    ‘तर म गिरिबन्धु टि स्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्नेछु। गिरिबन्धुको, ओम्नीको, वाइडबडीका तमाम समस्या छन्। मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको छ। किनभने भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो‚’ उनले भने, ‘मेरो सुई अब गिरिबन्धुतिर जाँदै थियो‚ गिरिबन्धुतिर भनेको ओलीतिर जाने भनेको हो। बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर जाँदै थियो। त्यसपछि एउटा आतंक भएको हो।’

    उनले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी र बेइमान भएको आरोप लगाए। 

    ‘म तपाईँहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमान मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दै छु‚’ उनले भने, ‘उहाँको दिमागमा जालझेलबाहेक अरु भएको देखिँदैन‚ जालझेल नै गरिराख्नु हुन्छ।’

    उनले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिबद्धता जनाए। संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको उनको दावी थियो।

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij