मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

२६६९ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम चार अर्ब ५६ करोडमा सीमित

  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/8405
    चैत ७, २०८१ बिहीबार
    २६६९ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम चार अर्ब ५६ करोडमा सीमित

    काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

    गत आइतबारदेखि घट्ने क्रममा रहेको नेप्सेले आज पाँचौं दिन पनि निरन्तरता पाएको हो।

    यस दिन नेप्से १२.३८ अंकले घटेर २६६९.७६ विन्दुमा बन्द भएको हो। 

    बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ। 

    गत कारोबार दिन अर्थात् बुधबार पाँच अर्ब १४ करोडको सेयर कारोबार भएकोमा बिहीबार चार अर्ब ५६ करोडको कारोबार भएको छ। 

    यो रकम अघिल्लो दिनको तुलनामा ५८ करोड रूपैयाँ कमी आएको हो।

    आज ३१२ वटा धितोपत्रको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच भएको हो।

    बिहीबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ वटाको घटेको छ। यस्तै सात कम्पनीको मूल्य स्थिर रहेको छ।

    यसदिन मिथिला लघुवित्तको मूल्य सर्वाधिक ७.५३ प्रतिशतले बढेको छ। 

    उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७५० रूपैयाँ कायम भएको छ। 

    यस्तै, एसियन हाइड्रोपावरको मूल्य ५।४९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७५० रूपैयाँ पुगेको छ।

    बिहीबार मिथिला लघुवित्त र भूगोल इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेर प्रतिकित्ता मूल्य क्रमशः एक हजार ७८२ रूपैयाँ र ८५३ रूपैयाँ २० पैसा पुगेको छ।

    बिहीबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

    कम्पनीको प्रतिकित्ता एक हजार २७७ रूपैयाँ ९० पैसामा २८ करोड २१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा ४.२० प्रतिशत घटेको छ।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९६३ रूपैयाँमा २३ करोड १२ लाख बराबरको सेयर कारोबार भएको छ।  

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा समूहको परिसूचक ०.०३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।  

    यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशतले घटेको छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij