मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

गभर्नर बन्ने दौडमा ज्ञानेन्द्र ढुंगाना, नबिल बैंकको सीइओबाट दिए राजीनामा

  • 262
    SHARES
  • https://indrenipost.com/index.php/posts/8473
    चैत १२, २०८१ मंगलबार
    गभर्नर बन्ने दौडमा ज्ञानेन्द्र ढुंगाना, नबिल बैंकको सीइओबाट दिए राजीनामा

    काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । उनले गत चैत्र १० गते आइतबारदेखि लागू हुने गरि राजीनामा दिएको स्रोतले जनाएको छ।

    पछिल्लो समय नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरको लागि ढुंगानाको नाम पनि चर्चामा छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गभर्नर सिफारिस गर्नको लागि समिति गठन गरिसकेको छ। कुनै पनि वाणिज्य बैंक वा वित्तीय संस्थामा बहालवाला पदाधिकारी गभर्नर बन्न नसक्ने व्यवस्था छ। सोहि कारण ढुंगाना बैंकको सीइओबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा लागेका हुन् ।

    ढुंगानाले करिव १० वर्ष नेपाल राष्ट्र बैंकमै जागिर खाईसकेका छन् । पछि उनी राष्ट्र बैंकको जागिर छोडेर एनसीसी बैंकमा महाप्रबन्धक भएका थिए। त्यसपछि नेपाल बंगलादेश बैंकको सीइओ भए भने सो बैंक नबिल बैंकमा मर्ज भएपछि नबिल बैंकको सीइओ बनेका हुन् । राष्ट्र बैंकमा जागिर गर्नू अघि पनि उनी तत्कालिन बिओके बैंकमा आवद्द थिए । उनी सीए पनि हुन् ।

    गभर्नर नियुक्तिको लागि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र विज्ञको तर्फबाट अर्थविद् डा। विश्व पौडेल सदस्य छन् । नेपाल राष्ट्र बैंक ऐनमा नै अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति व्यवस्था छ ।

    अर्थमन्त्रीको अध्यक्षतामा रहने सिफारिस समितिमा पूर्व गभर्नरहरुमध्येबाट एक, तथा आर्थिक, मौद्रिक,बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति सदस्य रहने व्यवस्था छ। सोहि बमोजिम सरकारले समिति गठन गरेको हो । अब उक्त समितिले गभर्नरको लागि ३ जनाको नाम सिफारिस गर्नेछ । जस मध्येबाट एक जना नेपाल राष्ट्र बैंकको गभर्नर हुने छन् ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij