काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । २ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । मंगलबार तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको थियो ।