मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

  • 397
    SHARES
  • https://indrenipost.com/index.php/posts/8534
    चैत १७, २०८१ आइतबार
    सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मका सबै रेकर्ड तोड्दै पुन आइतबार उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ६०० रुपैयाँ पुग्दा चाँदी तोलामा १५ रुपैयाँले सस्तिएको छ ।

    आइतबारका लागि छापावाल सुनको भाउ तोलाको १ लाख ७६ हजार ८०० रूपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १ एक हजार ४०० रुपैयाँले बढेर १ लाख ७६ हजार २०० रूपैयाँमा कारोबार भएको रेकर्ड थियो । सो रेकर्ड तोड्दै आइतबार तोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ घटेर २ हजार २५ रूपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २० बढेर २ हजार ४० रूपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३०८५ दशमलव ५७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ३४ दशमलव १३ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजार भाउको आधारमा नेपालमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij