मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

बुधबार कति छ सुनको भाउ ? 


  • 271
    SHARES
  • https://indrenipost.com/index.php/posts/8584
    चैत २०, २०८१ बुधबार
    बुधबार कति छ सुनको भाउ ? 

     काठमाडौँ । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।

    मङ्गलबार प्रतितोला रु एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा रु छ सय घटेर रु एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदी प्रतितोला रु दुई हजार २० मा कारोबार भएरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij