मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

अर्थमन्त्रीले बैठकै नबोलाएपछि विजयनाथ भट्टराईले छोडे गभर्नर सिफारिस समिति


  • 307
    SHARES
  • https://indrenipost.com/index.php/posts/8820
    बैशाख ९, २०८२ मंगलबार
    अर्थमन्त्रीले बैठकै नबोलाएपछि विजयनाथ भट्टराईले छोडे गभर्नर सिफारिस समिति

     

    काठमाडौं ।  गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले एक पटक पनि समितिको बैठक नबोलाएपछि भट्टराईले राजीनामा दिएका हुन्। आफूले समिति छोडेको भट्टराईले  पुष्टि गरे। 

    गत चैत १८ गते गभर्नर सिफारिस समिति गठन भएको थियो।  बैठक नै नबसेपछि रुष्ट हुँदै आएका सदस्य भट्टराईले समितिबाट बाहिरिने निर्णय गरेका हुन्। दुई सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरको भागबण्डा नमिल्दा समितिको बैठक बस्नसकेको छैन। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ मा सकिएको थियो। नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनु १ महिनाअगावै नियुक्ति गरिसक्नुपर्छ।

    तर सरकारले गभर्नर पद रिक्त हुनु ६ दिनअघि मात्र सिफारिस समिति बनाएको थियो। समिति बनाएको २१ दिन बितिसक्दा समेत संयोजक रहेका अर्थमन्त्री पौडेलले समितिको बैठक बोलाएका छैनन्। यसबीचमा समितिको बैठकमा छलफल हुनुको साटो दलहरू भागबण्डामै केन्द्रित हुनथालेपछि भट्टराई रुष्ट थिए। 

    यसअघि पनि उनले आफूले सदस्य नियुक्तिको पत्र पाए पनि अर्थ मन्त्रालयले एकपटक पनि छलफल नगरेको बताउँदै आएका थिए। समितिमा उनीबाहेक अर्थविद् विश्व पौडेल पनि सदस्य छन्।  mगभर्नर नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा समेत रिट परेको छ। त्यसको सुनुवाइ पनि हुनसकेको छैन। 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij